logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कोरियाको भिसाका लागि समय मिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ

    कोरियाको भिसाका लागि समय मिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ

    1.1K
    SHARES
    कोरियाको भिसाका लागि समय मिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ

    काठमाण्डौ । दक्षिण कोरियाको भिसा लिने समय मिलाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।



    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरूले पहिले नै समय लिएर उक्त समय बेच्ने गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका ८ मध्ये दुई जनाको नाम सार्वजनिक गरिएको छैन।

    पक्राउ पर्नेमा भोजपुरको पौनादम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, नवलपुरकै कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन्।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट