logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

    पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

    2.2K
    SHARES
    पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

    मकवानपुर । हेटौँडा–काठमाण्डौ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।



    वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाई छ।

    बाटो सुचारु गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्र सरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरी हुँदै काठमाण्डौ जाने बाटो अवरुद्ध भएकाले अन्य बाटो प्रयोग गर्न भनेको छ।


    अर्थ चाैतारी
  • शनिबार, २३ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट