logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • उद्योगको काटिएकाे लाइन जोड्न प्रधानमन्त्रीले दिए कुलमानलाई निर्देशन

    उद्योगको काटिएकाे लाइन जोड्न प्रधानमन्त्रीले दिए कुलमानलाई निर्देशन

    923
    SHARES
    उद्योगको काटिएकाे लाइन जोड्न प्रधानमन्त्रीले दिए कुलमानलाई निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।



    डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

    प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको विरोधका बिच प्राधिकरणले लाइन काट्ने अभियान सुरु गरिसकेकोमा सरकार परिवर्तन भएसँगै ओलीले उद्योगीको पक्षमा हुने गरी निर्देशन दिएका हुन् । यसले उद्योगीहरू उत्साहित देखिएका छन् ।

    छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरूको सहभागिता रहेको बताइएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै घिसिङमाथि आवश्यक निर्णय गर्नुपर्ने दबाब आइपरेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट