logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ “आकांक्षा” थिममा सार्वजनिक गरे भावी कार्ययोजना

    युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ “आकांक्षा” थिममा सार्वजनिक गरे भावी कार्ययोजना

    1.5K
    SHARES
    युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ “आकांक्षा” थिममा सार्वजनिक गरे भावी कार्ययोजना

    काठमण्डौ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छिन् । काठमाडौंमा साउन ४ गते शुक्रबार सम्पन्न मञ्चको २०औं वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन् ।



    मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरु संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्ष हुन्छ । मञ्चको कार्यसमिति सदस्यमा सुदिप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, बिलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुबिन श्रेष्ठ नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रुपमा रहन्छिन् ।

    पद तथा गोपनीयताको शपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले “आकांक्षा” थिममा आफ्नो कार्ययोजना “भिजन २०२५” सार्वजनिक गरेका छन् । उत्कृष्टता, प्रगति र नवीनतालाई जोड दिएको उनको कार्ययोजनाको लक्ष्य मञ्चका प्रत्येक सदस्यलाई सम्भावनाको अधिकतम उपयोग गर्न सक्ने तहमा पुग्ने गरी सशक्तीकरण गर्नु रहेको छ । “आगामी वर्षका लागि मञ्चका सदस्यलाई उच्चतम लाभ दिलाउन आकांक्षा थिम प्रस्तुत गर्न पाउँदा म निकै उत्साहित छु,” नवनियुक्त अध्यक्ष श्रेष्ठले भने ।

    यो थिम चयन गरेर नयाँ नेतृत्वले मञ्चका सदस्यको व्यक्तिगत र सामूहिक आकांक्षालाई स्वीकार गरेको उनले बताए । “आकांक्षाले उत्कृष्टता, प्रगति र नवीनताको हाम्रो अथक प्रयासलाई जनाउँछ,” अध्यक्ष श्रेष्ठले भने । मञ्चका हरेक पहल, कार्यक्रम र गतिविधिले सदस्यहरुले पाउने लाभको मात्रा बढाउने, व्यक्तिगत एवं पेसागत प्रगतिलाई सघाउने कुरा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । नेटवर्किङ, सिकाइ तथा विकास, प्रगति र संस्थाको प्रवद्र्धन तथा ब्रान्डिङलाई श्रेष्ठले प्राथमिकताको क्षेत्र भनेका छन् ।

     

    नयाँ कार्यसमितिले मित्र प्रणाली, मेन्टरसिप कार्यक्रम, मिनी ओलम्पिक, उद्यमशीलतासम्बन्धी छलफल, खेल गतिविधि, मनाङसम्मको मोटर ¥याली र अन्तर्राष्ट्रिय यात्राका कार्यक्रमहरु गर्नेछ । घोषित लक्ष्यप्राप्तिका लागि अन्तर्राष्ट्रिय स्तरका वक्ताको प्रवचन, कक्षाकोठा र प्रयोगमा आधारित सिकाइ कार्यक्रम पनि सञ्चालन गर्ने योजना छ । च्याप्टर संख्या हालको १३ बाट १७ र सदस्य संख्या १५०० पु¥याउने नयाँ कार्यसमितिको लक्ष्य छ ।

    अध्यक्ष श्रेष्ठले संस्थाको सफलता र व्यक्तिगत प्रगतिका लागि मञ्चका कार्यक्रमहरुमा सबै सदस्यलाई सक्रिय सहभागी हुन आग्रह गरे । चुनौतीका बाबजुद सबै प्रयासमा उच्चतम मूल्य प्राप्त गर्ने सामूहिक आकांक्षा राख्न पनि सदस्यहरुलाई सुझाए । सोही सत्रलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हुँदा आशावादी रहन उद्यमी व्यवसायीलाई आग्रह गरे । मन्त्रालयले सरकारसँगका अपेक्षा के के छन् भनेर निजीक्षेत्रसँग सुझाव मागेको पनि उनले सुनाए ।

     

    मन्त्रालयले समस्याको गहिराई पत्ता लगाउँदै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, पूर्वमन्त्री, सचिवहरु र पार्टीका घोषणापत्रका आधारमा साझा निष्कर्ष निकालेर लगानीमैत्री वातावरण निर्माण गर्ने पनि उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको संशोधित विधानले महासंघका कार्यसमितिमा मञ्चको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेका बताए । आगामी साधारणसभाबाट उक्त संशोधन पारित भएपछि महासंघ कार्यसमितिमा नेपाल युवा उद्यमी मञ्चको अनिवार्य प्रतिनिधित्व रहने उनको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा उद्यमशीलता प्रवद्र्धनमा मञ्चको योगदान प्रसंसनीय रहेको बताए । मञ्चका संस्थापक अध्यक्ष गौरव अग्रवाल र निवर्तमान अध्यक्ष सहारा जोशीले आर्थिक वृद्धिलाई अगाडि लैजान र दिगो विकासका लगि सरकार, निजी क्षेत्र र युवा उद्यमीबीच सहकार्यको आवश्यकतामा जोड दिए । उक्त सत्रमा युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरलाई सम्मानित गरिएको थियो ।

    ललितपुर च्याप्टरले बेस्ट भ्यालु मेम्मर्स च्याप्टर २०२४ उपाधि पायो भने जनकपुर च्याटरलाई बेस्ट रिभाइभिङ च्याप्टरको रुपमा सम्मानित गरियो । रुपन्देही च्याप्टरले बेस्ट आइडिया एन्ड इन्नोभेसन च्याप्टर तथा काठमाडौं र जनकपुरले संयुक्त रुपमा बेस्ट च्याप्टरको अवार्ड पाए । हाल देशभर मञ्चका १३ च्याप्टर छन् भने ८५० भन्दा बढी युवा उद्यमी सदस्यको रुपमा आबद्ध छन् । मञ्चमा आवद्ध उद्यमीबाट सञ्चालित उद्योग, व्यवसायमा ३० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, ६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट