logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • संगीतमा विलक्षण क्षमताका रमेश अनि रमेशकै पर्यायवाची सुरताल

    संगीतमा विलक्षण क्षमताका रमेश अनि रमेशकै पर्यायवाची सुरताल

    3K
    SHARES
    संगीतमा विलक्षण क्षमताका रमेश अनि रमेशकै पर्यायवाची सुरताल

    काठमाण्डाै । वि.सं. २०४७ साल कार्तिक १० गते का दिन दशैको माहौलले रमाइरहेको पर्वतको नाग्लिवाङको होम बहादुर विश्वकर्माको घरमा एक फरकै माहोल थियो । उल्लासमय वातावरणका बिच परिवारमा एक नयाँ सदस्यको जन्म भएको थियो । अर्थात् माया कुमारी विश्वकर्मा कोखबाट दोस्रो सन्तानको रूपमा पनि एक बालक (छोरा) को जन्म भएको थियो । पछि गएर उनको नाम रमेश सेन्चुरीको जन्म भएको थियो । उनी भन्दा पहिला पनि परिवारमा एक छोरा (जीवन) थिए । रमेशको परिवारमा एक दाइ जीवन सेन्चुरी र बहिनी सुप्रिया सेन्चुरी छन् ।



     

    सानै उमेरमा संगीत प्रति रुचि राखेका रमेशको बाल्यकाल सामान्य रह्यो । नेपालको पश्चिम भेगमा जन्मिए हुर्किए पनि लोक मात्र नभई सुगम संगीतमा विशेष रुचि राख्ने उनले रेडियो नेपालबाट प्रसारण शास्त्रीय संगीतका रागहरू सुन्न मन पराउँथे । समय बित्दै गएपछि पछिल्लो समयमा टेलिभिजनमा प्रसारण भएका गीतहरू हेर्ने बानी परेको कारणले पनि कलिलो उमेरमै आफैले बनाएका बाँसुरी, सारंगी बजाउँथे र पछि हार्मोनियमका सुरहरू सँगै खेल्ने बानी पर्‍यो ।

     

    बालापनमा एक पटक यस्तो सम्म भयो की बाबालाई हार्मोनियम किन्दिनु भनेर जिद्दी गर्दा गर्दै बाबा विदेश उड्ने बेला भएर काठमाडौँ आयपछि छोराको त्यो संगीत प्रतिको मोह देखेर बाबाको मनमा अनौठो भाव उब्जियो र उहाँले प्लेन टिकट १ महिना सारेर हार्मोनियम किनेर छोराको इच्छा पूरा गर्न सन्तानको खुसीका लागि घर फर्किनुभयो । हार्मोनियम पाएपछि गायन, संगीतमा बालापनमै साधना गर्न थालेका सेन्चुरीलाई उनको क्षमता र प्रतिभाले गर्दा स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रमहरूमा बोलाउन थाले। पढाइमा सामान्य रहेका रमेश उच्च शिक्षाका लागि २०६५/६६ तिर काठमाडौँ छिरेका थिए । गाउँमा सामान्य गायनमा रुचि राख्ने रमेश संगीत सिकेर गायक बन्ने उनको जीवनको लक्ष्य थियो ।

     

    काठमाडौँ आएपछि रमेशले त्यो समय बिहान कलेज र शास्त्रीय संगीत सिक्थे भने दिउँसो प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्डिष्टको रूपमा जागिर गर्ने र राती दोहोरी साँझमा काम गर्न थाले त्यसबाट आएको केही पैसा कलेज फी र संगीताम खर्च गरे। आफूलाई जुनसुकै दुःख कष्ट र संघर्ष गर्नुपरे पनि गीत संगीतमै अहोरात्र लागिरहे । नेपाली कलकारिता क्षेत्रमा निरन्तर लागिरहेका उनका जेठा दाजु जीवनले गर्दा पनि उनलाई सांगीतिक यात्रामा सहज नै रह्यो । जीवनले थुप्रै म्युजिक भिडियोहरू साथै चलचित्रमा निर्देशन, सम्पादन र अभिनय समेत गरी सकेका छन् । दाइ जीवनको खेलकुदमा पनि रुचि भएकोले तेक्वान्दो 3Dan प्राप्त प्रशिक्षक हुन् ।

     

    रमेश सेन्चुरी प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्डिष्टको रूपमा कार्यरतकै क्रममा २०६७ सालतिर सरमै रानी गाउँपालिका, प्युठान निवासी गायिका तथा स्वास्थ्यकर्मी सुनिता सुनारसँग गीत रेकर्डिङको क्रममा भेट भयो उनको स्वर सुनेर सुरुमै रमेश मन्त्रमुग्ध भए उनी पनि रमेशको क्षमता र व्यवहारले प्रभावित भएर परिचय सँगै नम्बर साटासाट गरे। त्यसपछि निरन्तर ६ वर्ष जति यो जोडी माया प्रेम मै रह्यो त्यसपछि विवाहको कुरा चल्यो २०७३ जेठ २ गते श्री टेक बहादुर सुनार तथा आमा कौशिला सुनारको कोखबाट जेठी छोरीको रूपमा जन्मिएकी सुनिता सुनारसँग वैवाहिक जीवनमा बाँधिए। उनीहरूबाट २०७४ आश्विन २० गते पहिलो सन्तानको रूपमा छोरी रमिसा सेन्चुरीको जन्म भयो ।

     

    रमेश पहिले र अहिले उत्तिकै रमाइला छन् त्यो बेलामा बाजागाजाको आवाज सुन्यो की नाची हाल्ने गर्दथे। पारी गाउँमा बाजा बजेको सुनेर वारी नाच्थे। गाउँमा हुने विवाह, भोज, व्रतबन्ध, रत्यौली, भजन, पूजाआजा आदीमा नाचगान गर्ने रमाइलो गर्न उनलाई निम्तो चाहिँदैनथ्यो । आज पनि नेपाली गीत, संगीत, गायन संगीत संयोजन र ध्वनि मिश्रण जस्तो लोकप्रिय विधामा अब्बल छन् । एरेञ्जर, संगीतकार, ध्वनि मिश्रण साथै गायक सम्मको परिचय स्थापित गरेका पश्चिम नेपालका रमेश सेन्चुरी, संगीत विधामा क्रियाशील रहे पनि आफूलाई एरेञ्जर र गायक भन्न रुचाउँछन् ।

     

    वरिष्ठ संगीतकार, एरेन्जर बि.बि. अनुरागीको मार्गदर्शन सँगसँगै उनकै प्रिज्मा डिजिटल रेकर्डीङ्ग स्टुडियोबाट रेकर्डिष्टको रूपमा आफ्नो सांगीतिक यात्रालाई व्यवसायीक रूपमा अघि बढाए । नेपाली गीत संगीतको दुनियाँमा हजारौँ गीत रेकर्ड गरी सकेका सेन्चुरीले २०६६ सालबाट आफ्नो सांगीतिक दुनियाँलाई फराकिलो पार्दै संगीत संयोजकको रूपमा पनि आफू परिचित बनाए । बजारमा आएका लगभग ५ हजार भन्दा बढी गीतहरूमा संगीत संयोजन पनि गरिसकेका छन् र दर्जनौँ गीतहरूमा संगीत गरेका छन् । रेकर्डिष्ट अनि संगीत संयोजकको भूमिकामा वर्षों बिताइसकेका सेन्चुरीले आफ्नो कामलाई सहज रूपले सम्पन्न गर्नको निमित्त २०७४ सालबाट सुर ताल डिजिटल रेकर्डीङ्ग स्टुडियो संचालनमा ल्याए ।

     

    विगत ४ वर्षको अन्तरालमा लगभग १ हजार भन्दा बढी गीतहरूमा ध्वनि मिश्रण गरिसकेका छन् । नेपाली लोकदोहोरी, आधुनिक, फिल्मी, पप, लोक पप र मौलिक लगायत सबै प्रकारका गीतहरूमा आफ्नो कार्यकुशलता देखाई सकेका रमेश सेन्चुरीले दाइ जीवन सेन्चुरीद्वारा निर्देशित नेपाली चलचित्रमा “जुना“ मा संगीत, पार्श्व संगीत, संगीत संयोजन, साउन्ड डिजाइन साथै ध्वनि सम्पादन पनि गरेका छन् भने केही म्युजिक भिडियोहरूमा अभिनय समेत गरेका छन् ।

    पछिल्लो समय चर्चामा रहेका स्टुडियोहरू मध्ये गनिने सुर ताल स्टुडियोमा सेन्चुरी आफै ध्वनि मिश्रण पनि गर्दै आएका छन् । उनले संगीत संयोजन गरेका गीत मध्ये ए साइली परेलीभित्र, रुनलाई त हानि माया लाउने, जिन्दगी त पानीको फोका, बाल मतलब, केटी जिस्काउने बानी, मनै फाट्यो ए हजुर, झुम झाम, ए ठुले, कुस्मा, झिलिमिली तिहार, फरिया, खोली तरम्ला, पिरतीको बन्धन,चेलीको तीज, मन्दिरमा गजुर, तीजको कोसेली, कसो गरम म, सुन ए प्रदेशी, बजार, ढुङ्गाको मन, लान्छु झल्को आमाको, मागेर,क्रीस्मस,ज्वाइँ साहेब,यो मायामा रुन नपरोस्, सुपारीका दाना, कस्तो दिन आयो बरै छुन नमिल्ने ,पैसा, बरको छायाले, चरी भरर, आयो दसैँ, इलाम बजार, झल झली याद, मौरी घारैमा, घर फर्क प्रदेशी, सुपारी दाना, ढुङ्गे बगर, गरी खान देऊ सरकार, रचना, यही मेरो, मेरी काली, रामेछापे दाइ, रातो सारीमा, न्याउली,  मुसमुस  हाँसेर, ख्याली मारुनी, जोडी पाछैन, पानीको धारो, दसैँ तिहार, भाइरल भो, सिर फुले माया, फुल, सिङ्गल छु म डबल भा छैन, रातो सारीमा, माया बिनाको मान्छे, जाम भो साइँली, लगायत थुप्रै गीतहरू चर्चित हरेका छन् ।

     

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थुप्रै पुरस्कार पाएका रमेशले नाग्लिवाङ्ग युवा संघद्वारा आयोजित तिज गीत प्रतियोगिता, प्रथम २०६७, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, सुनधारा, सम्मान २०७०, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौँ, सम्मान – २०७१, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, अनामनगर, सम्मान – २०७५ प्राप्त गरेका छन् । त्यस्तै मनासलु राष्ट्रिय अवार्ड २०७७, स्टार म्युजिक एन्ड फिल्म अवार्ड – २०७८, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल –२०७८, परिधि मिडिया, बौद्ध, काठमाडौँ – सम्मान, मनासलु अन्तर्राष्ट्रिय आइकन अर्वाड –२०७८, मनासलु राष्ट्रिय अर्वाड –२०७७, जलजला राष्ट्रिय अर्वाड –२०२३, सांस्कृतिक राष्ट्रिय म्युजिक अर्वाड २०८०, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान बाट विभिन्न समयमा सम्मानित भएका छन् भने लगाएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरु प्राप्त गरेका छन् । आफ्नो जीवनकालमा पूर्ण रूपमा सांगितिक यात्रामा बिताउने तय गरिसकेका रमेश आफ्नो कर्ममा तल्ललिन छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट