logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गत वर्ष साढे २० करोड डलर बजेटरी सहायता दिएको विश्व बैंकले यसपालि अझै बढाउने

    गत वर्ष साढे २० करोड डलर बजेटरी सहायता दिएको विश्व बैंकले यसपालि अझै बढाउने

    2.3K
    SHARES
    गत वर्ष साढे २० करोड डलर बजेटरी सहायता दिएको विश्व बैंकले यसपालि अझै बढाउने

    काठमाण्डाै । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन्।



     

    उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन्। विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।

     

    अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट