logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने

    स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने

    1.4K
    SHARES
    स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने

    काठमाण्डौ । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागि सहकार्य गर्ने सहमति गरेका हुन् ।



    केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारासहित आगामी दिनहरूमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरी निःशुल्क लिभप्युअर आरओ ड्रिंकिङ वाटर सिस्टम जडान गर्ने कम्पनीले जनाएको छ ।

    स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कँडेल साथै मार्केटिङ एक्जुकेटिभ विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठसमेतको उपस्थितिमा एक औपचारिक समारोहबीच दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, ६ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट