logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित

    728
    SHARES
    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागु गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागु गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागु गरिएको हो।



    बोर्डले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ। नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन्। अस्पताल टिकट ५० रूपैयाँ तोकिएको छ। शय्याको प्रतिदिन दुईसय ५० रूपैयाँ राखिएको छ। यसअघि साधारण शय्याको दुईसय रूपैयाँ थियो।

    स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार पाँचसय रूपैयाँ बराबरको योगदानका आधारमा एक लाख रूपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ। यस्तै, थप प्रतिसदस्य सातसय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रूपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान छ। स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रूपैयाँसम्म तोकिएको छ।

    बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चारसय ८३ जना रहेको छ।रासस


    अर्थ चाैतारी
  • शुक्रबार, ७ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट