काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले युनाइटेड किंगडम मान्यता सेवा बाट मान्यता प्राप्त अम्टीभो युकेबाट आइएसओ/आईसिइ २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।
यो प्रमाणपत्रले सूचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आइएसओ/आईसिइ २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आइएसओ/आईसिइ २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।
यसबाट कम्पनीले जोखिममा आधारित मोडालिटीमा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि रक्षाको पहिलो लाइन बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ । आइएसओ/आईसिइ २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।
अर्थ चाैतारी ।