logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सेवा रेमिटको लाइसेन्स राष्ट्र बैंकले गर्यो खारेज

    सेवा रेमिटको लाइसेन्स राष्ट्र बैंकले गर्यो खारेज

    2.5K
    SHARES
    सेवा रेमिटको लाइसेन्स राष्ट्र बैंकले गर्यो खारेज

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेवा रेमिटको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।



    केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी विप्रेषण कम्पनी सेवा रेमिटको लाइसेन्स खारेज गरिएको जानकारी गराएको हो। विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम १३ को उपविनियम (१०) खण्ड (ङ)बमोजिम सेवा समेटिको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी निनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन पनि सूचनामा आग्रह गरिएको छ। तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिटको बैंक जमानत फुकुवा हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

    खारेज हुने विप्रेषण कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खोमसम्मको रकममात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने सूचनामा उल्लेख छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट