logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    2.5K
    SHARES
    सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।



     

    पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।

     

    शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

     

    उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट