logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समता घरेलु लघुवित्तले कार्तिक १२ देखि एफपीओ निष्काशन गर्ने

    समता घरेलु लघुवित्तले कार्तिक १२ देखि एफपीओ निष्काशन गर्ने

    1.8K
    SHARES
    समता घरेलु लघुवित्तले कार्तिक १२ देखि एफपीओ निष्काशन गर्ने

    काठमाण्डाै । समता घरेलु लघुवित्तले कार्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गर्ने छ।



    यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ। यस बीचमा तिहारको सार्वजनिक विदा परेकोले कम्पनीको सार्वजनिक निष्काशन ९ दिन खुला रहने छ । सार्वजनिक विदाका दिनमा पनि मेरोशेयर मार्फत आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ।

    कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६९.४८:३०.५२ कायम गर्नको लागि एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २९ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट