logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • राष्ट्र बैंकले गर्यो तीन विकास बैंक र चार फाइनान्सलाई कारबाही

    राष्ट्र बैंकले गर्यो तीन विकास बैंक र चार फाइनान्सलाई कारबाही

    1.6K
    SHARES
    राष्ट्र बैंकले गर्यो तीन विकास बैंक र चार फाइनान्सलाई कारबाही

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि कारबाही गरेको छ।



    केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था मिचेकोमा ती बैंक तथा फाइनान्सका सञ्चालक र सीईओमाथि कारबाही गरेको हो। कारबाहीमा पर्ने विकास बैंकहरुमा सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीमा जानकी, गोर्खाज र प्रोग्रेसिभ छन्। यी वित्तीय संस्थाहरुका सञ्चालक र सीईओलाई प्रथम पटक सचेत गराइएको छ।

    यसैगरी रिलायन्स फाइनान्सलाई भने अनिवार्य नगद मौज्दात नपुग भएकोले नगद ११ हजार २२७।६५ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट