logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमाका प्रोडक्ट एम्बेसेडरमा बिश्वराज रेग्मी

    सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमाका प्रोडक्ट एम्बेसेडरमा बिश्वराज रेग्मी

    1.4K
    SHARES
    सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमाका प्रोडक्ट एम्बेसेडरमा बिश्वराज रेग्मी

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आफ्ना अभिकर्ताहरु लक्षित प्रोडक्ट एम्बेसेडर जस्तो गरिमामय उपाधीका लागि देशव्यापी रुपमा गरिएको कन्टेस्टमा तोकिएको बीमा योजना अन्तर्गत न्यूनतम मापदण्ड पुरा गरि सर्वाधिक प्रिमियम संकलन गर्न सफल अभिकर्तालाई प्रोडक्ट एम्बेसेडरका रूपमा छनोट गरि कम्पनीका विभिन्न प्रबर्द्धन समाग्रिहरुमा देशव्यापी रुपमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्ने गरिरहेको छ।



    साथै, कम्पनीले आफ्ना शाखा कार्यालयहरूमा उनीहरूको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, पर्चा–पम्पलेट जस्ता प्रचार सामग्रीहरू पनि प्रयोग गर्दै आएको छ। कम्पनीले दिएको न्यूनतम मापदण्ड पुरा गर्दै सर्वाधिक प्रिमियम संकलन गरेर आफूलाई अब्बल साबित गरि उदाहरणीय वन्न सफल अभिकर्तालाई यो किसिमको सम्मान गर्दै आएको हो ।

    अन्य अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने मूल उद्देश्यले कम्पनीले यस्तो रणनीति लागू गरेको हो। यस रणनीतिका माध्यमबाट मेहनती अभिकर्ताहरूलाई सार्वजनिक रूपमा सम्मान प्राप्त भएको छ भने अन्य अभिकर्ताहरूलाई प्रोडक्ट एम्बास्डर जस्तो गरिमामय सम्मान प्राप्त गर्ने प्रेरणा मिलेको छ।

    हाल देशै भरिबाट गरिएको प्रोडक्ट एम्बेसेडर जस्तो गरिमामय कन्टेस्ट अन्तर्गत सर्वोत्कृष्ट व्यवसाय गरि बिजेता बन्न सफल पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराज रेग्मीलाई सूर्यज्योति थ्री २० धन बहार जीवन बीमा योजना अन्तर्गत प्रोड्क्ट एम्बेसेडरको रूपमा चयन गरिएको हो।

    कम्पनीले दिएको व्यवसायिक लक्ष्य हासिल गर्न सफल भई प्रोडक्ट एम्बेसेडर कन्टेस्टमा विजयी भएपछि, रेग्मीलाई सूर्यज्योति थ्री २० धन बहार जीवन बीमा योजनाको अन्तर्गत एक वर्षको अवधिका लागि एम्बेसेडरको रूपमा चयन गरिएको हो।

    देशै भरि गरिएको प्रोडक्ट एम्बेसेडर कन्टेस्टमा तोकिएको बीमा योजना अन्तर्गत यस अघि कम्पनीले दिएको व्यवसायिक लक्ष्य हासिल गरि विजेता बन्न सफल बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही, र महाराजगन्ज शाखाकी सृजना पन्तलाई क्रमशः चौरासी पूजा जीवन बीमा योजना,सजिलो भुक्तानी जीवन बीमा योजना,र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बेसेडरको रूपमा एक वर्षका लागि चयन भइसकेका छन।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट