काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा छ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा कायम भएको छ। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ।त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०६ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको ख रिददर चार सय ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८८ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा कायम भएको छ। हिजो र अस्ती पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।
अर्थ चाैतारी ।