logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • २ जलविद्युत् परियोजना बनाइरहेको मेवा डेभलपर्समा नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड लगानी

    २ जलविद्युत् परियोजना बनाइरहेको मेवा डेभलपर्समा नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड लगानी

    2.2K
    SHARES
    २ जलविद्युत् परियोजना बनाइरहेको मेवा डेभलपर्समा नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड लगानी

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा आधा अर्ब रुपैयाँबराबरको लगानी गरेको छ। नेपाल लाइफले मध्यमेवा हाइड्रोपावर परियोजना र सिवा खोला हाइड्रोपावर परियोजनामा उक्त रुपैयाँबराबरको सेयर लगानी गरेको हो।



    नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले उक्त आयोजना विकासकर्ता मेवा डेभलपर्स लिमिटेडको ५० लाख कित्ता सेयर प्रतिकित्ता मूल्य १ सय रुपैयाँ रहने गरी खरिद गरेको जानकारी दिए।

    यससम्बन्धी यही कात्तिक १ मा सम्झौता भएको हो। मध्य मेवा परियोजना ७३.५ मेगावाटको रहेको छ भने यो पूर्वी जिल्ला ताप्लेजुङमा निर्माण भइरहेको छ। यो पिकिङ रन अफ दि रिभर प्रकृतिको जलविद्युत् परियोजना हो।

    त्यसैगरी सिवा खोला हाइड्रोपावर पनि ताप्लेजुङमै निर्माणाधीन छ। यो ९.३ मेगावाट विद्युत् उत्पादन क्षमताको रन अफ रिभर प्रकृतिको परियोजना हो।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट