logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • बैंकहरुमा रु. २.१९ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

    बैंकहरुमा रु. २.१९ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

    1.3K
    SHARES
    बैंकहरुमा रु. २.१९ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब १९ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।



    राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३२ करोड ८५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

    मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले कात्तिक ८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक १४ गतेदेखि २०८२ वैशाख १५ गतेसम्म १८१ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट