काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयरबजार प्रगतिको लयमा रहेको बताएका छन्। सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। प्रधानमन्त्रीको दाबी पूरै सत्य भने देखिँदैन। किन कि सरकार बन्दा जुन गति र परिमाणमा सेयरबजार चलायमान भएको थियो। अहिले त्यसले निरन्तरता पाउनसकेको छैन।
गत असार ३० मा उनी नेतृत्वको वर्तमान सरकार बनेको थियो। अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएसँगै सेयरबजार बढेर साउन ३१ मा ३००० विन्दुमा पुग्दा झण्डै ३० अर्बको कारोबार भएको थियो। त्यसयता भने सेयरबजार माथि जान सकेको छैन। पछिल्लो समय सूचक घटेर २६ सय विन्दु वरिपरि छ। ३० अर्ब पुगेको सेयर कारोबार ३ अर्बमा झरिसकेको छ।
तर प्रधानमन्त्री ओलीले बुधबारको सम्बोधनमा भने सेयरबजार प्रगतिकै लयमा रहेको दाबी गरेका छन्। उनले भने, ‘लामो समयदेखि गिरेको सेयरबजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीचमा पनि प्रगतिकै लयमा छ। ’
अर्थ चाैतारी ।