logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

    पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

    1K
    SHARES
    पहाडी भागमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

    काठमाण्डौ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।



    विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

    त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आगामी २४ घण्टामा मुलुकका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले त्यस भेगका सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट