logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • एकैदिनमा ५० हजारभन्दा बढी भक्तजनले गरे चाँगुनारायण मन्दिरको दर्शन

    एकैदिनमा ५० हजारभन्दा बढी भक्तजनले गरे चाँगुनारायण मन्दिरको दर्शन

    1.3K
    SHARES
    एकैदिनमा ५० हजारभन्दा बढी भक्तजनले गरे चाँगुनारायण मन्दिरको दर्शन

    भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।



     

    मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान तीन बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै मंगलबार रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकै दिन दर्शन गरेको जानकारी दिनुभयो । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रुपमा पुजिँदै आइएको छ । मंगलबारका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्दछन् ।

     

    मंगलबार चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ ।

    आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवाण विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, २८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट