logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मुक्तिनाथ विकास बैंकका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट पाउने

    मुक्तिनाथ विकास बैंकका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट पाउने

    1.4K
    SHARES
    मुक्तिनाथ विकास बैंकका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट पाउने

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट पाउने भएका छन् ।



    आफ्ना ग्राहकलाई थप सेवा दिन काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टर’सँग सम्झौता गरिएको बैंकले जनाएको छ ।​

    सम्झौताअनुसार विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी सेवाहरू (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा) खरिद र डेलिभरीमा विशेष छुट प्रदान गरिनेछ।

    सम्झौतापश्चात बैंकका कर्मचारी तथा ग्राहकले लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधिका साथै स्वास्थ्यसम्बन्धी प्रोडक्टहरू खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट