logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • भारतमा ३५ दिनमै ४८ लाख बिहे, ६० खर्ब भारुको व्यवसाय

    भारतमा ३५ दिनमै ४८ लाख बिहे, ६० खर्ब भारुको व्यवसाय

    1.8K
    SHARES
    भारतमा ३५ दिनमै ४८ लाख बिहे, ६० खर्ब भारुको व्यवसाय

    काठमाण्डौ । भारतमा बिहेको सिजन सुरु भइसकेको छ। यसपालिको सिजनमा ४८ लाख बिहे हुने बताइएको छ।
    कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार बिहेले अर्थतन्त्रमा ६० खर्ब भारतीय रुपैयाँ योगदान गर्नेछ।



    १ अर्ब ४० करोड जनसंख्या भएको भारतमा नोभेम्बर १२ देखि डिसेम्बर १६ सम्ममा ४८ लाख बिहे हुने भएको हो। गत वर्षभन्दा यो बिहेको संख्यामा ठूलो वृद्धि हो। गतवर्ष यो सिजनमा ३८ लाख बिहे भएको थियो। जसमा ४७ खर्ब भारतीय रुपैयाँको कारोबार भएको थियो।

    दिल्लीमा मात्रै यो सिजनमा ४ लाख ५० हजार विवाह हुने बताइएको छ। भारतमा यसपालि विवाहका १८ शुभसाइत रहेको छ।

    प्रतिविवाह ३ लाख भारु खर्च गर्नेगरी १० लाख बिहे हुने अपेक्षा छ। त्यस्तै ६ लाख भारु खर्च गर्ने १० लाख, १० लाख खर्च गर्नेगरी १० लाख, १५ लाख खर्च गर्नेगरी १० लाख र २५ लाख खर्च गर्नेगरी ७ लाख विवाह हुने अनुमान छ।

    त्यस्तै, ५० हजारवटा बिहेमा ५० लाख र अर्को ५० हजार बिहेमा १ करोडमाथिका दरले खर्च हुने बताइएको छ। एजेन्सी


    अर्थ चाैतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट