logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जलवायु परिवर्तनका मुद्दा साझा प्रयासद्वारा काम गर्नुपर्छ: अर्थमन्त्री

    जलवायु परिवर्तनका मुद्दा साझा प्रयासद्वारा काम गर्नुपर्छ: अर्थमन्त्री

    1.1K
    SHARES
    जलवायु परिवर्तनका मुद्दा साझा प्रयासद्वारा काम गर्नुपर्छ: अर्थमन्त्री

    काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुकहरू मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।



    शनिवार राजधानीमा विश्व व्यापार सङ्गठन(डब्ल्यूटीओे) र काठमाण्डौ विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए ।

    कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधीकरण गर्न आवश्यक रहेको उनको भनाई छ । दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबिच छलफल गर्न यस सम्मेलनमार्फत ठुलो सहयोग पुग्ने अर्थमन्त्रीको भनाई छ ।

    जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनले बताए । ठुलो लगानीमा निर्माण गरेका पूर्वाधारका संरचनाहरूमा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रियामा क्रियाशीलता लिनुपर्ने उनको भनाई छ ।

    आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुने अर्थमन्त्रीले बताए । दक्षिण एसिया कृषि उत्पादन र यसको व्यापारका लागि महत्त्वपूर्ण हिस्सा भएकाले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्ने गरी जलवायु स्मार्ट कृषिको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउन आवश्यक रहेको मन्त्रीले बताए ।

    सम्मेलनमा काठमाण्डौ विश्व विद्यालयका रजिस्टार डा. अच्युत वाग्लेले निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवा पुग्ने बताए । जब व्यापारमा दिगोपनको कुरा गर्छौँ, त्यहाँ राजस्व र करको कुरा मात्र नभएर लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उनको भनाई छ । ‘नवीकरणीय ऊर्जा व्यापार र हरित अर्थतन्त्रको को कुरा गरिरहेका छौँ’, रजिस्टार वाग्लेले भने, ‘अहिले जलवायु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुलित तरीकारले प्रवर्द्धन गर्नुपर्छ ।’

    विश्वमा जलवायु परिवर्तनको असर परेकाले यसलाई न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने उनको भनाई छ । सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेस्नल ट्रेड ल एन्ड आरविटेसन इष्टबुल विलगि युनिभरसिर्टीका निर्देशक डा. एन पिनर आर्टिरन जलवायु परिवर्तन र वातावरणीय दिगोपनताकलाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुुपर्ने बताए ।

    कृषि, पर्यटन, व्यापार पूर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई छ । सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा रहेका समस्या र चुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने धारणा राखे । जलवायु परिवर्तन र दिगोपनताकलाई लक्षित गरी स्रोतको परिचालन र व्यवस्थापनमा अगाडि बढेका छौँ, जोशीले भने ‘नीति निर्माण र कार्य योजनामार्फत व्यापार प्रवर्द्धन गर्न अध्ययन अनुसन्धानले सहयोग पु¥याउँछ ।’

    सम्मेलनमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनले व्यापारको दिगोपनमा असर पारिरहेकोले न्यूनीकरण गर्न आवश्यक परेको बताए । आर्थिक विकासको इन्जिनको रूपमा रहेको व्यापार रहेकाले उत्पादन र उत्पादकत्व बढाएर प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाई छ । दुई दिन सम्म चल्ने सम्मेलनमा भारत, चीन, टर्की, बङ्गलादेश, इन्डोनेसिया लगायतका नौ देशका प्रतिनिधिको सहभागिता रहेका छन् । शनिवार देखी राजधानीको याक एन्ड यती होटेलमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट