logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ठमेलबाट चिनियाँ नागरिकको अपहरण

    ठमेलबाट चिनियाँ नागरिकको अपहरण

    1.1K
    SHARES
    ठमेलबाट चिनियाँ नागरिकको अपहरण

    काठमाण्डौ । काठमाण्डौको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ ।



     

    ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँ नागरिकलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

    मंगलबार अपहरणको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली पीडितको उद्धारमा खटिएको थियो । तर, भारतीय नम्बरको गाडी नियन्त्रणमा लिए पनि चिनियाँ नागरिक फेला परेका छैनन् ।

    उनी भिमफेदीको जङ्गलतर्फ भागेका छन् । मकवानपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले थप अपहरणकारी र पीडितको खोजी गरिरहेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट