logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान

    काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान

    1.7K
    SHARES
    काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान

    काठमाण्डौ । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर ईभी भ्यान थपेको छ । काठमाडौंस्थित सशीला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो ।



    नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा सशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर ईभी भ्यान खरिद गरेको हो ।

     

    प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र सशीला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए । उनले नयाँ विद्युतीय भ्यान थपिएपछि विद्यार्थीलाई प्रदान गरिने सेवा झनै गुणस्तरीय हुने विश्वास व्यक्त गरे । सशीला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले गाडीको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा समन्वय सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।

     

    सशीला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ । हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १९ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट