logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • डीएभी प्लस टु अन्तर कलेज फुट्सल सम्पन्न

    डीएभी प्लस टु अन्तर कलेज फुट्सल सम्पन्न

    1.2K
    SHARES
    डीएभी प्लस टु अन्तर कलेज फुट्सल सम्पन्न

    काठमाण्डौ । छैटौं डीएभी प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको विजेता आयोजक डीएभी कलेज बनेको छ । १६ माघदेखि सुरु भएको प्रतियोगितामा विजेता बन्दै डीएभीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।



    प्रतियोगितामा उपविजेता बन्दै ओमेगा कलेजले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको कलेजले जनाएको छ । प्रतियोगितामा डीएभी कलेजका भारगव सिलवाल उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जनलाई पनि जनही नगद १५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

    कलेजका संस्थाका अध्यक्ष अनिल केडियाले शुभारम्भ गरेको प्रतियोगितामा ४० टिमको सहभागिता रहेको थियो । डीएभी कलेजको फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् सदस्य तथा नाइटेङ्गल कलेजका प्रिन्सिपल रन्जना प्रधान लगायतले गरेका थिए ।

    तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्लस टु तहका सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे ।


    अर्थ चाैतारी
  • आइतबार, २० माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट