logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो

    त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो

    1.1K
    SHARES
    त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोलेको छ । त्रिविअन्तर्गतका विभिन्न निकायका लागि प्रशासनिक÷प्राविधिक पदहरू, आन्तरिक तथा खुला/समावेशी प्रतियोगितामार्फत पदोन्नति तथा स्थायी गर्नका लागि विज्ञापन खोलेको हो ।



    आयोगले माघ २३ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको छ । दोब्बर दस्तुर तिरेर फागुन ५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले कार्यक्षमताको आधारमा बढुवाका लागि प्रशासकदेखि प्राविधिक उपनियन्त्रक (रेडियोलोजी)सम्मका लागि ५३ दरबन्दीका लागि आह्वान गरेको छ ।

    त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि सहप्रशासकदेखि प्राविधिक उपनिर्देशक (प्याथोलोजी) सम्मका लागि १६ दरबन्दीका लागि आवेदन आह्वान गरेको छ । त्यस्तै आन्तरिक प्रतियोगिताद्वारा बढुवाका लागि ४९ दरबन्दीका लागि आवेदन आह्वान गरेको छ । त्यस्तै खुला प्रतियोगिताका लागि ७ दरबन्दीका लागि आवेदन आह्वान गरेको छ ।

    सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश बमोजिम जारी हुने संघीय निजामती सेवा ऐनमा समावेशी समूहको हकमा समेत पदसंख्या निर्धारण भए बमोजिम हुनेगरी हाललाई त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० बमोजिम विज्ञापनको सूचना प्रकाशित भएको आयोगले जनाएको छ ।

    आवेदन दिनका लागि अधिकृत विशिष्टको हकमा ३५००, अधिकृत प्रथमको हकमा ३२००, अधिकृत द्वितीयको हकमा ३००० र प्रत्येक थप समावेशी समूहका लागि २० प्रतिशत थप दस्तुर लाग्नेछ । सम्बन्धित सेवा समूहको बढुवा हुने पदभन्दा एक श्रेणी मुनीको पदमा कम्तीमा ५ वर्ष स्थायी भई कार्यरत रहेको कर्मचारीले मात्र कार्यक्षमताको आधारमा बढुवा, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा र आन्तरिक प्रतियोगितामा भाग लिन पाउने आयोगले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २४ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट