logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • विन नेपाल लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने

    विन नेपाल लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने

    1K
    SHARES
    विन नेपाल लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने

    काठमाण्डाै  । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने भोलि चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।



     

    लगानीकर्ताले यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

     

    निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गर्दा कुल ५ हजार १२९ आवेदकले मात्र कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग दिएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।


    अर्थ चाैतारी
  • सोमबार, २४ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट