logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • एकातिर ‘अमेरिकालाई महान बनाउने’ लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै

    एकातिर ‘अमेरिकालाई महान बनाउने’ लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै

    195
    SHARES
    एकातिर ‘अमेरिकालाई महान बनाउने’ लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै

    काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक आफ्नो देशलाई ‘महान’ बनाउने अभियानमा छन् र त्यसका लागि उनले विश्वका धेरै देशहरूमा ट्यारिफ (शुल्क) लगाएका छन् । तर अर्कोतिर अमेरिकामा कम्पनीहरू तीव्र गतिमा डुबिरहेका छन् । सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै १८८ ठूला कम्पनीहरू डुबिसकेका छन् । अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यो संख्या ४९ ले बढी हो ।



    यो संख्या सन् २०१० यताकै कुनै पनि त्रैमासिकको सबैभन्दा उच्च हो । यहाँसम्म कि २०२० मा फैलिएको कोरोना महामारीको समयमा पनि यो संख्या १५० नाघेको थिएन । यसरी हेर्दा अमेरिकामा ठूला कम्पनीहरू टाट पल्टिने मामिलामा १५ वर्ष पुरानो रेकर्ड यसपालि टुटेको छ । सन् २०२४ मा कुल ६९४ ठूला कम्पनीहरू टाट पल्टिएका थिए ।

     

    कुन क्षेत्र बढी प्रभावित ?

    २०२५ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी असर औद्योगिक क्षेत्रमा परेको देखिन्छ, जहाँ ३२ कम्पनीहरू टाट पल्टिएका छन् । त्यस्तै, उपभोक्ता क्षेत्रमा २४ कम्पनीहरू र स्वास्थ्य सेवा क्षेत्रमा १३ कम्पनीहरूले आफैलाई टाट पल्टेको घोषित गरेका छन् ।

    धेरै विश्लेषकहरूको भनाइ छ कि विदेशी सामानमा ट्यारिफ बढ्दा देशभित्र महँगी बढ्नेछ र त्यसले देशलाई मन्दीको चपेटामा ल्याउनेछ। राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा २४५ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यसको असरस्वरूप धेरै अमेरिकी कम्पनीहरू चीनबाट उत्पादन हटाउने तयारीमा छन्। तर, अमेरिका भित्रै उत्पादन गर्न खोजेमा लागत अत्यधिक महँगो पर्नेछ। त्यसैले आउँदा दिनहरूमा थप कम्पनीहरू दिवालिया हुने सम्भावना देखिएको छ।

     

    मन्दीको खतरा

    सन् २०१० को पहिलो त्रैमासिकमा २५४ कम्पनीहरू टाट पल्टिएका थिए, जबकि सन् २०२४ को पहिलो त्रैमासिकमा यो संख्या १३९ थियो । विशेषज्ञहरू भन्छन् कि कमजोर वित्तीय अवस्थाका कम्पनीहरू अहिले समस्यामा परेका छन् ।

    उच्च ब्याज दर, ऋण पुनः वित्तीयकरणको कठिनाइ र उपभोक्ता खर्चमा कमीले कम्पनीहरूलाई आर्थिक दबाबमा पारेको छ, जसले टाट पल्टिने घोषणाहरूको संख्या बढाएको हो । अब ट्यारिफ युद्धका कारण ती कम्पनीहरूको अवस्था झन् बिग्रन सक्छ । महँगीले उपभोक्ताहरू खर्च घटाउने सम्भावना छ, जसले मागमा कमी ल्याउनेछ । यही कारणले अमेरिका गहिरो मन्दीमा फस्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved