logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • राजावादी हुलदंगाको क्षतिमा ४ करोडभन्दा बढीको दाबी, ३३ लाखको मात्र भुक्तानी

    राजावादी हुलदंगाको क्षतिमा ४ करोडभन्दा बढीको दाबी, ३३ लाखको मात्र भुक्तानी

    208
    SHARES
    राजावादी हुलदंगाको क्षतिमा ४ करोडभन्दा बढीको दाबी, ३३ लाखको मात्र भुक्तानी

    काठमाण्डौ । गत चैत्र १५ गते राजावादी समर्थकहरूले गरेको आन्दोलनमा भएको हुलदंगाका कारण भएको क्षतिमा ४ करोडभन्दा बढीको ५९ लाख ६२ हजार ७२१ रुपैयाँका ५० वटा दाबी परेको छ । जसमध्ये १३ वटाको भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।



     

    नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार वैशाख ३ गतेसम्ममा प्राप्त भएको विवरणको आधारमा १२ निर्जीवन बीमा कम्पनीमा ४ करोड ५९ लाख ६२ हजार ७२१ रुपैयाँको ५० वटा दाबी परेको हो । जसमध्ये ३३ लाख रुपैयाँको भुक्तानी भइसकेको छ ।

     

    दाबी परेका १२ कम्पनीमध्ये ४ कम्पनीले दाबी भुक्तानी गरिसकेका छन् । जसमा शिखर इन्स्याेरेन्सले क्षतिमा परेको सम्पूर्ण दाबीको भुक्तानी गरेको छ । कम्पनीले ५ वटा दाबीमा ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरेको छ ।

     

    त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्याेरेन्समा ७६ लाख ७० हजार रुपैयाँको ५ वटा दाबी परेकोमा कम्पनीले २ लाख २ हजार २ सय भुक्तानी गरेको छ । आईजीआई प्रुडेन्सियलमा १७ लाख ३८ हजार ३ सय रुपैयाँको एउटा दाबी परेकोमा २८ हजार तीन सय रुपैयाँको भुक्तानी गरेको छ ।

     

    बाँकी कम्पनीले भने भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved