logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा मार्फत ४.७४ प्रतिशत लाभांश पारित

    हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा मार्फत ४.७४ प्रतिशत लाभांश पारित

    91
    SHARES
    हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा मार्फत ४.७४ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाण्डौ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले साढे चार प्रतिशत बोनस सेयर पारित गरको छ ।



    यो वर्ष कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १० अर्व ४० करोडको ४.५० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

     

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved