logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • विद्युत आपुर्ति अवरुद्ध हुनु पहिलै उपभोक्तलाई सूचना दिने नीति बनाउन उच्च अदालत पाटनमा रिट दर्ता

    विद्युत आपुर्ति अवरुद्ध हुनु पहिलै उपभोक्तलाई सूचना दिने नीति बनाउन उच्च अदालत पाटनमा रिट दर्ता

    1.5K
    SHARES
    विद्युत आपुर्ति अवरुद्ध हुनु पहिलै उपभोक्तलाई सूचना दिने नीति बनाउन उच्च अदालत पाटनमा रिट दर्ता

    काठमाण्डौ । विद्युत आपुर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तलाई एसएमएस वा अन्य माध्यमद्धारा सूचना दिन नीति अनिवार्य बनाउन आइतबार उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।



     

    कानुनका विद्यार्थि विवेक चौधरीले आज उच्च अदालतमा दायरा रिट निवेदन पेस गरेका हुन् । रिट निवेदन सुनुवाइ सोमबार पेसी तोकिएको छ ।

    उक्त रिट निवेदनमा विद्युत लाइन अवरुद्ध हुने बारेमा उपभोक्तालाइ पुर्व सूचना दिने नीति बाउन माग गरिएको छ । निवेदनमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय र उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

     

    संविभानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चत गरेकोले सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत सेवा अवरुद्ध हुनु पहिले नै उपभोक्तालाई स्पष्किरण दिन आदेश माग गरिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट