logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • प्रेस काउन्सिलकाे क्षेत्राधिकार नागेर सन्तोषनारायणबारेको गलत समाचार हटाउन दुई मिडियालाई अदालतको आदेश

    प्रेस काउन्सिलकाे क्षेत्राधिकार नागेर सन्तोषनारायणबारेको गलत समाचार हटाउन दुई मिडियालाई अदालतको आदेश

    2.4K
    SHARES
    प्रेस काउन्सिलकाे क्षेत्राधिकार नागेर सन्तोषनारायणबारेको गलत समाचार हटाउन दुई मिडियालाई अदालतको आदेश

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बारेको गलत समाचार हटाउन काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ ।



    प्रेस काउन्सिलकाे क्षेत्राधिकार नागेर काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार दुई वटा मिडियामा प्रकाशन भएको श्रेष्ठ सम्बन्धित गलत समाचार हटाउन अल्पकालिन अन्तरिम आदेश दिएका छन् ।

     

    शर्माको इजलासले विजमान्डु डटकम र नेपाल खबर डटकममा छापिएको सन्तोषनारायण श्रेष्ठसँग सम्बन्धित गलत समाचारले उनको इज्जत प्रतिष्ठामा आँच पुर्याएको, बेइज्जत गर्ने तबरबाट समाचार प्रकासन भएको उल्लेख गरिएको छ ।

     

    श्रेष्ठलाई ती समाचारले अपुरणीय क्षति पुग्नुका साथै सुविधा सन्तुलनका दृष्टिकोणसमेतले ती वेवसाइटमा छापिएका अप्रमाणित, तथ्यहीन समाचार प्रकासन नगर्न नगराउन र प्रकाशित भएको समचार तुरुन्त हटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सो अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने नपाउने भन्ने सम्बन्धमा ने विपक्षिलाई आगामी असार ४ गते छलफलका लागि बोलाएको छ ।

    यस्ताे छ मिडियालाई समाचार हटाउन अदालतले गरेकाे आदेश


    अर्थ चाैतारी
  • बुधबार, २८ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट