logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • साउनबाट आईएमई पे र खल्तीबीच एकीकृत कारोबार

    साउनबाट आईएमई पे र खल्तीबीच एकीकृत कारोबार

    689
    SHARES
    साउनबाट आईएमई पे र खल्तीबीच एकीकृत कारोबार

    काठमाण्डौ । आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ कायम भएका छन् ।

     

    नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएका हुन् ।

     

    दुई संस्था मर्ज भएर साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले गाभ्न र गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

     

    अब दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेबाट एकीकृत रुपमा आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन हुने भुक्तानी तथा फछ्यौट हुनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट