logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट अर्को साता, १८ लाखभन्दा बढीको हात रित्तो

    विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट अर्को साता, १८ लाखभन्दा बढीको हात रित्तो

    754
    SHARES
    विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट अर्को साता, १८ लाखभन्दा बढीको हात रित्तो

    काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट अर्को साता हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बाँडफाँटको तयारी अन्तिम चरणमा पुगेको छ र आगामी साता भित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।



    कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २१ लाख २० हजार ८५७ जनाले करिब २ अर्ब ५६ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन्।

    सीडीएसका अनुसार, आवेदन गरिएको कुल कित्ता २ करोड ५६ लाख २७ हजार ११० रहेको छ, जुन मागभन्दा धेरै भएकाले बाँडफाँट गोलाप्रथाबाट हुनेछ।
    त्यसअनुसार, मात्र २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी १८ लाख २६ हजार जनाको हात रित्तो हुनेछ।

    यसअघि इक्रा नेपालले विकास हाइड्रोपावरलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस (BBB-) को रेटिङ दिएको थियो, जसले मध्यम दर्जाको जोखिम संकेत गर्छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट