logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बुङ्गल हाइड्रोको पहिलो चरणको आईपीओ आजदेखि

    बुङ्गल हाइड्रोको पहिलो चरणको आईपीओ आजदेखि

    507
    SHARES
    बुङ्गल हाइड्रोको पहिलो चरणको आईपीओ आजदेखि

    काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित बझांग जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।



     

    कम्पनीले आयोजना अति प्रभावित क्षेत्र बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) तथा, सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयलाई शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीयलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

     

    यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

     

    त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

    यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीमा धितोपत्र बोर्डका अध्यक्षको पनि लगानी रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट