logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • बागमती प्रदेशका समस्याग्रस्त घोषित ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकिता

    बागमती प्रदेशका समस्याग्रस्त घोषित ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकिता

    533
    SHARES
    बागमती प्रदेशका समस्याग्रस्त घोषित ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकिता

    काठमाण्डौ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न सूचना गरेको छ। अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ।



     

    बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज (साउन ९ गते) सूचना जारी गरी प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनेको हो।

     

    २०८२ भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानी साँवा, ब्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने निर्णय गरिएको समितिले जनाएको छ। समितिले चेतावनी दिँदै अगाडि भनेको छ, अन्यथा ऋण असुलीसम्बन्धी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बेहोरा सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारी गराइन्छ।

    हेर्नुहोस्, सूचना:


    अर्थ चाैतारी
  • शुक्रबार, ९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट