logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

    सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

    1.5K
    SHARES
    सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

    काठमाण्डौ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव शेषनारायण पौडेललाई दिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो ।



     

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पौडेल हालै मात्रै विदेशबाट अध्ययन गरेर फर्किएका हुन् । उनले जापानबाट इन्टरनेशनल माइग्रेन्ट म्यानेजमेन्ट शीर्षकमा पीएचडी अध्ययन सकेका हुन् ।

     

    पौडेलले यसअघि रामेछापसहित विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै वैदेशिक रोजगार विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । पौडेल ‘इन्ट्रिगिटी आइडल’ घोषित भएका राष्ट्रसेवक कर्मचारी पनि हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, १४ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट