logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सागर डिष्टिलरीको आईपीओ भोलिदेखि खुल्दै, १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन

    सागर डिष्टिलरीको आईपीओ भोलिदेखि खुल्दै, १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन

    832
    SHARES
    सागर डिष्टिलरीको आईपीओ भोलिदेखि खुल्दै, १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन

    काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको प्रथम चरणको आईपीओ भोलि साउन २८ गतेदेखि खुल्दैछ। कम्पनीले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री गर्न लागेको हो।



     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट साउन १२ गते अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा १ लाख ४५ हजार २०० कित्ता निषकासन गर्न लागेको हो।

     

    यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ घटीमा १ हजार र बढीमा ७ लाख रुपैयाँ लाग्नेछ। यसमा भोलि साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

     

    कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिंग नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिंग दिएको छ यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

     

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सक्नेछन्।

     

    यसमा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट