काठमाण्डौ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं–५ स्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा. लि.लाई उपभोक्ता संरक्षण ऐन, २०७४ तथा नियमावली, २०७६ अनुसार निर्देशन दिएको छ। विभागको टोलीले साउन २७ गते गरेको अनुगमनमा भाटभटेनीसहित विभिन्न उद्योग तथा फर्महरूलाई कारबाही र निर्देशन गरिएको हो।
अनुगमनका क्रममा न्यू वानियाँ भाँडा पसललाई रु. ५५ हजार, चक्रवर्ती फर्निचर एण्ड इन्टेरियरलाई रु. ५१ हजार र रन स्टिल फर्निचरलाई रु. ११ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
त्यसैगरी, आदर्श बिजनेश प्रा. लि.लाई तीन दिनभित्र व्यवसाय सम्बन्धी कागजातसहित विभागमा उपस्थित हुन र सक्षम ट्रेडिङ कन्सर्नलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।
क्योदाइ मल्टिप्रपोज कन्सल्टेन्सीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम व्यवसायीका दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ। साथै काठमाडौं ल्याण्डमार्क कन्सल्टेन्सी, स्किल स्पार्क, ए वान के फैशन कलेक्सन र ग्लोबल टायर एण्ड एसेसोरिजलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
file image
अर्थ चौतारी ।