काठमाण्डौ । काठमाण्डौमा मंगलबार भएको भेटवार्तामा इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकाल र स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेनेबीच दुई देशबीच व्यापार प्रवद्र्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन, सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भयो।
स्पेन र ओमानका लागि पूर्वराजदूतसमेत रहेकी डा. ढकालले नेपाल–स्पेन सम्बन्धलाई थप नजिक पार्ने उद्देश्यले यस प्रकारका संवाद आवश्यक रहेको बताइन्। छलफलमा आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि सहभागिता थियो।
आईआरजीडीडी नेपालस्थित स्वतन्त्र, गैर–नाफामुखी थिंक ट्याङ्क हो, जसले विश्वव्यापी मामिला, नीति विकास, अनुसन्धान र रणनीतिक सल्लाहमार्फत सरोकारवालाहरूलाई सशक्त बनाउन काम गर्छ।
स्पेनी चेम्बर अफ कमर्स भने स्पेनमा व्यापार, उद्योग, सेवा र ढुवानीको हितको प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय सरकारी संस्था हो।
अर्थ चौतारी ।