logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • एनआईसी एशिया बैंकको सूचना: खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

    एनआईसी एशिया बैंकको सूचना: खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

    1.1K
    SHARES
    एनआईसी एशिया बैंकको सूचना: खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

    काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न अनुरोध गरेको छ ।



    आयकर ऐन २०५८ अनुसार बैंकले ग्राहकको खाताबाट काटेको करको विवरण आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा जोड्न अनिवार्य भएकोले यो अनुरोध गरिएको हो ।

    प्यान अद्यावधिक गर्ने तरिका:-

    अनलाइन पोर्टल: panupdate.nicasiabank.com मा गएर।

    मोबाइल एप: NIC ASIA MoBank मा रहेको “PAN Update” विकल्पमार्फत।

    शाखा कार्यालय: नजिकको कुनै पनि शाखामा गएर आवेदन दिने व्यवस्था पनि मिलाइएको छ।

    बैंकका अनुसार, प्यान अद्यावधिक गरेपछि ग्राहकहरूको ब्याज भुक्तानीबापत काटिएको कर (E-TDS) सिधै उनीहरूको प्यान नम्बरमा प्रविष्ट हुन्छ। यसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र लिन सहज हुन्छ, र बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ।

    यदि ग्राहकले प्यान अद्यावधिक नगराएमा र सो कारणले E-TDS मा ब्याजकर दाखिला नभएमा बैंक जिम्मेवार नहुने पनि स्पष्ट पारिएको छ।


    अर्थ चौतारी
  • बुधबार, २८ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट