logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमका इकाइ आजबाट बिक्री खुला

    एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमका इकाइ आजबाट बिक्री खुला

    663
    SHARES
    एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमका इकाइ आजबाट बिक्री खुला

    काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’का इकाइहरुको सार्वजनिक निष्कासन आज साउन २९ गतेबाट गरिने भएको छ।



     

    योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एसिया बैंक रहेका यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणका लागि ५ करोड इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

     

    यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

     

    यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २ गते र ढिलोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ। यो खुलामुखी योजना हो।


    अर्थ चौतारी
  • विहिबार, २९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट