काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाललाई सरकारले राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको छ।
६ महिना पनि नपुग्दै दाहाललाई सरुवा गरिएको हो। यता, समावेशी आयोगका सचिव बलराम निरौलालाई उद्योग वाणिज्य मन्त्रालयमा तानिएको छ।
सरकारले सोमबार ७२ जना सहसचिवको सरुवा सूचीमा दाहाल पनि परेका हुन्। आठ वर्षअघि उपसचिवबाट खुला प्रतिस्पर्धामार्फत सहसचिवमा पदोन्नति पाएपछि उनी वाणिज्य विभागको महानिर्देशक बनेका थिए।
एमआरपी अनिवार्य लागू, बजार अनुगमनमा कडाइ र ठगी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने सक्रियताका कारण दाहाल चर्चामा आएका थिए।
अर्थ चौतारी ।