काठमाण्डौ । गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई आज पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
काठमाडौं चावहिलका स्थानीय बासिन्दा गोर्खाली राजधानीलाई केन्द्र बनाएर गुण्डागर्दी, गिटी, बालुवाको अवैध व्यापारमा संलग्न रहँदै आएका छन् । केही वर्षअघि राजधानीको बेबिलोन डिस्कोमा उनले राकेश लिम्बुको हत्या गरेका थिए। उनी डिस्कोका सञ्चालक थिए। हत्यापछि गोर्खाली प्रहरीको आँखा छल्दै लामो समय फरार भए। पछि पक्राउ परेर अदालतबाट तोकिएको कैद सजायँ भूक्तानी गरी उनी रिहा भएका थिए ।
अर्थ चाैतारी ।