logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    1.9K
    SHARES
    सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २७६३ बिन्दुमा पुगेको छ ।



    आज १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।

    सोमबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

     

    साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टीलरीको २० करोड, राधी विद्युत कम्पनीको १७ करोड र छिमेकी लघसवित्तको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह ०.०५ र म्युचुअफ फण्ड समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    बैंकिङ ०.५८, विकास बैंक ०.९५, वित्त ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत् ०.३२, लगानी ०.३४, र जीवन बिमा समूह ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त १.५०, निर्जीवन बिमा ०.३१, व्यापार ०.०५ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ ।

    आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट