काठमाण्डौ । सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रालिबीच बैंकका ग्राहकहरूलाई दन्त उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार, चाबहिल, काठमाडौंस्थित इजी डेन्टल क्लिनिकमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले उक्त सम्झौताको माध्यमबाट आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्नुका साथै नगद कारोबार घटाई डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ।
सिद्धार्थ बैंकले यस्ता सहकार्यहरूबाट ग्राहकमैत्री सेवा विस्तारका साथै डिजिटल माध्यम प्रयोगलाई अझ प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
अर्थ चौतारी ।