logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार

    अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार

    1.1K
    SHARES
    अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार

    काठमाण्डौ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु ८० हजारमा कारोबार भइरहेको छ ।



     

    एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार गतवर्ष प्रतिमन रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो । “उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो । गतवर्ष रु ९० देखि रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची रु ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजारमा कारोबार भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

     

    मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब दुई हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लामा गतवर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

     

    अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ ।


    अर्थ चौतारी
  • मंगलबार, २१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट