logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

    सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

    1.6K
    SHARES
    सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।



     

    कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट हुनेछ।

     

    यो छुट सुविधा आज असोज २२ गतेदेखि असोज २८ गतेसम्म मात्रै लागू हुने कम्पनीले जानकारी दिएको छ। यस अवधिभित्र बीमितले व्यतित बीमालेख नवीकरण गराएको खण्डमा उक्त छुट सुविधा प्रदान गरिने कम्पनीले बताएको छ।

     

     

    यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने, २०८३ असोज २२ गतेसम्म परिपक्व हुने बीमालेखहरूमा लागू हुने र छुट सुविधा मार्फत् नवीकरण गराएको बीमालेख १ वर्षभित्रै सरेण्डर भएमा छुट शुल्क काटिने कम्पनीले कम्पनीले जानकारी दिएको छ।


    अर्थ चौतारी
  • बुधबार, २२ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट