logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    1.1K
    SHARES
    मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।



     

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रहेको छ। बैंकले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

     

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट